तीज उत्सवको आयोजना गर्दै मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति

  • ब्रह्मदेव यादव, विराटनगर ५५८  पटक हेरिएको

मंगलबार, साउन २९, २०८१ समय : १८:२८:५४ , २ महिना अगाडि

मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले नेपाली महिलाहरूको महान चार्ड पर्व तीजको अवसर पारेर विराटनगरमा ३ दिने तीज उत्सवको आयोजना गर्दैछ । मोरङ उद्योग व्यापार संघमा श्रृती शर्माले महिला उद्यम समिति सभापति पदको जिम्मेवारी सम्हाली सकेपछि तीज उत्सव कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले भर्दौ १४ देखि १६ गतेसम्म विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा तीज उत्सवको आयोजना गर्न लागेका छन् । कोशी प्रदेश भरीका औद्योगिक उत्पादनका सामग्री तीज उत्सव स्टलबाट बिक्री वितरण हुनेछ ।

नेपाली महिलाहरूले भदौं २१ गते तीज उत्सव मनाउने कार्यक्रम रहेको छ । चार्ड पर्वको मुखमा तीज उत्सवलाई चाहिने आवश्यक सामग्री साडी, कुर्तासलवार, सुनका गहना, सिँगार र मेकअपका सामग्री तीज उत्सव स्थलबाट खरीद गर्न सकिने गरी तीज उत्सवको आयोजना गर्न लागिएको मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिका सभापति महिला उद्यमी श्रृती शर्माले बताइन ।

मोरङ उद्योग व्यापार संघका पदाधिकारी र महिला उद्यम समितिका पदाधिकारीहरूले आयोजना गर्न लागिएको तीज उत्सवलाई भव्य रुपमा सम्पन्न गर्न मंगलबार विराटनगरमा छलफल गरेका छन् । मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिका सभापति महिला उद्यमी श्रृती शर्माले तीज उत्सवलाई भव्य रुपमा सम्पन्न गर्न मंगलबार संघ र महिला उद्यम समितिका पदाधिकारी बिच छलफल भएको बताइन ।