विराटनगरमा इस्कन दुई समूहको बेग्लाबेग्लै कार्यक्रम 

  • ब्रह्मदेव यादव, विराटनगर ११२१  पटक हेरिएको

शुक्रबार, भाद्र ०७, २०८१ समय : १६:४२:१४ , २ महिना अगाडि

धर्मको नाममा राजनैतिक सुरु भएपछि इस्कन विराटनगर दुई चिरामा विभाजित भएका छन् । इस्कन नेपालको केन्द्रिय कार्यालय काठमाडौंले विराटनगरको शाखा कार्यालयमा हस्तक्षेप गर्दै केन्द्रिय कार्यालय काठमाडौंबाट पदाधिकारी तोकेर पठाउने गरेको निर्णका विरुद्ध विराटनगर शाखा कार्यालयका पदाधिकारीले विद्रोह गरेका छन् । जसका कारण इस्कन विराटनगर दुई चिरामा विभाजित भएका थिए ।

विद्रोह गरेका समूहले इस्कन प्रभुपाद विराटनगर नामको बेग्लै संस्था खोलेका छन् । इस्कन नेपालले विराटनगरको जलजला चौक नजिक नविल बैंक रहेको भवनमा आधिकारिक शाखा कार्यालय सञ्चालनमा ल्याएका छन् । र केन्द्रिय कार्यालय काठमाडौंबाट भानुभक्त जोशीलाई पठाएर सचिव पदको जिम्मेवारी दिएका छन् । उता विराटनगरको ट्राफिक चौक नमस्कार होटल नजिक इस्कनको पुरानो शाखा कार्यालय रहेको छ ।

इस्कनको केन्द्रिय कार्यालय काठमाडौंले विराटनगरको पुरानो शाखा कार्यालयमा कार्यरत पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै उनीहरूलाई पदबाट बर्खास्त गरेर कारवाही गरेका छन् । तर विराटनगरको जलजला चौक नजिक रहेको शाखा कार्यालय भन्दा विराटनगरको ट्राफिक चौक नमस्कार होटल नजिकको पुरानो शाखा कार्यालयमा भक्तजनको आस्था बढ्दो छ । र हजारौं भक्तजन पुरानो शाखा कार्यालयका पदाधिकारीहरू सँग जोडिएका छन् । र जोडिने क्रम जारी छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कन) विराटनगरको जलजला चौकको शाखा कार्यालयले श्रीकृष्ण जन्माष्टमीको दिन सोमबार अन्तर्राष्ट्रिय गुरु श्रीमद् महाविष्णुमहाराजको प्रमुख आतिथ्यतामा विराटनगरको जैन भवनमा कार्यक्रम गर्दैछ । उत्ता अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कन प्रभुपाद विराटनगरले श्रीकृष्ण जन्माष्टमीको दिन भाद्र १० गते सोमबार विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा भव्य कार्यक्रमको आयोजना गर्दैछ । 

इस्कन प्रभुपाद विराटनगरका उपाध्यक्ष विनिस यादव भन्ने विपिन बिहारी दासले शुक्रबार पत्रकार सम्मेलन गरेर श्रीकृष्ण जन्माष्टमीको कार्यक्रममा हजारौं भक्तजन सहभागि हुने जानकारी गराएको छ । अघिल्लो वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा ३ हजार भन्दा बढि भक्तजनहरू सहभागि भएको बताए ।

इस्कन प्रभुपाद विराटनगरका सचिव मनिष दासले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भाद्र १० गते सोमबार सिटी प्यालेस होटल एण्ड रिसोर्टमा सहभागि हुने कार्यक्रममा सबै विशिष्ट व्यक्तिहरूलाई अतिथिको आसन ग्रहण गराउने तयारी भइरहेको बताए । इस्कन प्रभुपाद विराटनगरले भाद्र १० गते सोमबार बिहान ७ः३० बजेदेखि राती १२ः०० बजेसम्मको कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेका छन् ।