उद्धव थापालाई मतदान गर्न दवाव दिएको अडियो रेकडिङ म सँग सुरक्षित छ – अर्याल

  • चिरफार डटकम, विराटनगर १५०४  पटक हेरिएको

शनिबार, पुष १६, २०७९ समय : १७:४६:३६ , २ वर्ष अगाडि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा १ नं. प्रदेश सभा सदस्य लोकप्रिय नेता अमृत अर्यालले प्रदेश संसदिय दलको निर्वाचनमा उद्धव थापालाई मतदान गर्न ४ कांग्रेसी नेताले प्रदेश सभा सदस्यलाई दवाव दिएको अडियो रेकडिङ आफु सँग सुरक्षित रहेको जानकारी गराएको छ ।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरेर अर्यालले आफुसँग सुरक्षित रहेको अडियो रेकडिङ समय आएपछि सार्वजनिक गर्ने उदघोष गरेका छन् । शुक्रबार विराटनगरमा भएको नेपाली कांग्रेस १ नं. प्रदेश संसदिय दलको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहित ४ नेताले प्रदेश सभाका सदस्यहरुलाई धाकधम्की देखाएर उद्धव थापालाई मतदान गर्न दवाव दिएको अडियो रेकडिङ आफुसँग रहेको अर्यालले बताए ।


शुक्रबार विराटनगरमा भएको प्रदेश संसदिय दलको निर्वाचनमा प्रदेश समितिका सभापति उद्धव थापा संसदिय दलको निर्वाचनमा विजय हासिल गर्दा अमृत अर्याल र केदार कार्की पराजित भएका थिए ।

प्रदेश संसदिय दलका नेता थापा कांग्रेस भित्र कृष्णप्रसाद सिटौला समूहका हुन् । समानुपातिक कोटमा सांसद भएका थापालाई प्रदेश संसदिय दलको नेता बनाउन सिटौला समूह जोडदार रुपमा लागिपरेका थिए र सफल पनि भए । अर्यालले आफूलाई संसदिय दलको नेता हुन नदिन कार्कीले अहम भूमिका निर्वाह गरेकोले आगामी दिनमा यसको भण्डाफोर गर्ने उदघोष गरेका छन् ।