- चिरफार डटकम, विराटनगर ५१७ पटक हेरिएको
आइतबार, आश्विन १३, २०८१ समय : १३:१४:३९ , २ हप्ता अगाडि
क्रियाशिल सदस्य स्वर्गीय निर्मल लालवानीलाई नेपाली कांग्रेसले विशिष्ट पदाधिकारी सरह श्रद्धाञ्जली सम्मान दिएको छ । स्व. निर्मल लालवानी नेपाली कांग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागको केन्द्रिय सदस्य एवं महाधिवेशन प्रतिनिधि फुलकुमार लालवानीको भाइ हुन् ।
जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका उपाध्यक्ष र तेरापंथ युवक परिषद् विराटनगरका पूर्व अध्यक्ष एवं कांग्रेस क्रियाशील सदस्य विराटनगर–३ निवासी स्वर्गीय लालवानीलाई कांग्रेस केन्द्रिय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल र भीम पराजुली, कोशी प्रदेश सांसद मानबहादुर लिम्बु, कांग्रेस मोरङ सचिव मोदराज घिमिरे, कांग्रेस मोरङ क्षेत्र नं. ४ का सभापति विनोद बस्नेतले पार्टीको झण्डा ओढाएर विशिष्ट पदाधिकारी सरह श्रद्धाञ्जली सम्मान प्रदान गरे । स्व. लालवानीको असोज ४ गते विराटनगरमा निधन भएको थियो । कांग्रेसका केन्द्रदेखि प्रदेश र स्थानीय तहका नेता तथा कार्यकर्ताहरू स्व. लालवानीको विराटनगर–३ स्थित मुल घरमै पुगेर पार्टीको झण्डा ओढाएर विशिष्ट पदाधिकारी सम्मान प्रदान गरेका थिए ।
नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य दिपक गिरी, दिनेश कोइराला, मीन विश्वकर्मा, अनिल रुङटा, संघिय सांसद डा. सुनिल शर्मा र प्रतिमा गौतम, कोशी प्रदेश सांसद गयानन्द मण्डल, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री उद्धव थापाले कांग्रेस केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागको केन्द्रिय सदस्य एवं महाधिवेशन प्रतिनिधि फुलकुमार लालवानी मार्फत श्रद्धाञ्जली व्यक्त गरे ।
नेकपा एमाले नेता मोती दुगड, जीवन घिमिरे, विनोद ढकाल, महेश भट्टराई, पर्शुराम बस्नेतले स्वं लालवानीलाई श्रद्धाञ्जली व्यक्त गरे । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, रंगेली नगरपालिकाका मेयर एवं नेकपा एमाले नेता दिलिप बगडिया (अग्रवाल), जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री जयराम यादव, समाजसेवी सुरेशकुमार शर्मा, ताराचन्द खेतान, डा. मिनाक्षी नेपालले स्वं लालवानीलाई श्रद्धाञ्जली व्यक्त गरे ।
असोज ५ गते विराटनगरको जैन श्वेताम्बर तेरापंथी सभामा आयोजित श्रद्धाञ्जली सभामा समाजका विभिन्न तह र तप्काका हजारौं सर्वसाधारणले स्व. लालवानीलाई श्रद्धाञ्जली व्यक्त गरे । विराटनगरका ३० भन्दा बढि राजनैतिक, व्यापारी, सामाजिक र धार्मिक संघसंस्थाहरुले स्व. लालवानीलाई श्रद्धाञ्जली व्यक्त गरे । स्व. लालवानीका छोरा मोहित लालवानी मारवाडी युवा मञ्च विराटनगरका उपाध्यक्ष र नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रिय सचिव रहेका छन् । मोहित लालवानी विराटनगरको विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेका छन् ।