
- ब्रह्मदेव यादव, विराटनगर ५८१ पटक हेरिएको
बुधबार, कार्तिक २१, २०८१ समय : १४:१४:०० , ३ महिना अगाडि
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बुधबार मन्त्री पदबाट राजिनामा दिएका छन् । मन्त्रीको हैसियतमा अधिकारीले गरेको जापान भ्रमण बारे प्रश्न उठेपछि उनले बुधबार पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गरेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्नु अघि अधिकारीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमै पुगेर राजिनामा पत्र बुझाएका थिए ।
पत्रकार सम्मेलनमा अधिकारीले भनेः मैले गरेको जापान भ्रमण बारे प्रश्न उठेकोले छानविन तथा अनुसन्धान गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको बताए ।
अधिकारीले कात्तिक १३ देखि १८ गतेसम्म जापानको टोकियो महानगरपालिकाको निम्तोमा जापान पुगेका थिए । तर अधिकारी कार्यक्रममा सहभागिता नजनाइकन पुनः नेपाल फर्किएका थिए ।
अधिकारीले कोशी प्रदेश सरकारको आन्तरिकमामिला तथा कानुन मन्त्रालयको मन्त्रीको हैसियतमा सरकारसँग स्वीकृति नलिइकन जापान पुगेको बारेमा प्रश्न उठेको छ ।