सरकारी संरक्षणमा काजु तस्करी

  • ... १२७४  पटक हेरिएको

मंगलबार, माघ १७, २०७९ समय : १८:२९:०० , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

सरकारी संरक्षणमा भारतबाट नेपाल तर्फ मोटो परिमाणमा काजुको तस्करी भईरहेको छ । सरकारी सयन्त्र भारतबाट नेपाल तर्फ भईरहेको काजु तस्करीको बारेमा जानकार हुँदा हुदै बेखबर छ । जसको कारण राज्यले प्राप्त गर्नुपर्ने मोटो रकम बराबरको राजश्व गुमिरहेको छ ।

विराटनगर भन्सार कार्यालयबाट काजु आयात गर्दा प्रतिकेजी १ हजार मुल्याङ्कन र ५ सय रुपैयाँ भन्सार राजश्व दस्तुर लाग्छ । प्रतिकेजी १ हजार ५ सय रुपैयाँ लागत पर्ने काजु विराटनगर बजारमा १ हजार ३ सय ५० रुपैयाँमा थोक मूल्यमा विक्री भईरहेको छ ।

प्रतिकेजी १ हजार ५ सय रुपैयाँ लागत पर्ने काजु कसरी १ हजार ३ सय रुपैयाँमा विक्री भईरहेको छ । खोजी र अनुसन्धानको विषय बनेको छ । सरकारले आर्थिक वर्ष २०७९÷०८० देखि प्रतिकेजी काजुमा ६ सय रुपैयाँ मूल्याङ्कन, १५ प्रतिशत भन्सार राजश्व, १५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट दर कायम गरेको छ ।

व्यवसायीले १ हजार रुपैयाँ प्रतिकेजी भारत मै खरीद गरेको काजु नेपालसम्म आइपुग्दा खर्च लागत जोडेर १ हजार ५ सय पुग्छ । तर बजारमा काजु थोक मूल्यमा प्रतिकेजी १ हजार ३ सय रुपैयाँले विक्री भईरहेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा ३ सय भन्दा बढि रुपैयाँ काजुमा प्रतिकेजी लागत खर्च बढेको छ । तर गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा काजु प्रतिकेजी थोक मूल्य १ हजार ३ सय ५० रुपैयाँमा विक्री भईरहेको छ ।

काजुमा प्रतिकेजी ३ सय भन्दा बढि लागत खर्च बढेको तर पनि गत वर्षकै मूल्यमा नेपाली बजारमा कसरी काजु विक्री भईरहेको छ । सरकार जानकार हुँदाहुँदै बेजानकार छ । आर्थिक वर्ष २०७९/०८० को पुस मसान्त अर्थात ७ महिनामा विराटनगर भन्सार कार्यालयबाट १० हजार ८ सय ५० केजी काजु नेपाल तर्फ आयात भएको छ । नेपालमा प्रत्येक वर्ष ५ लाख केजीभन्दा बढि काजु विक्री भईरहेको छ ।

विराटनगर सहित देशभरीमा २० भन्दा बढि व्यापारीक प्रतिष्ठानले काजुको कारोबार गर्ने गरेको छ । व्यापारीले २० प्रतिशत भन्सार काटेर र ८० प्रतिशत चोरी तस्करीको बाटोबाट काजु ल्याएर नेपालमा काजु विक्री गर्दा काजुको थोक मूल्य सस्तो छ । तर पनि प्रधानमन्त्री कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभाग, भन्सार विभाग र आन्तरिक राजश्व विभाग कानमा तेल हालेर सुतेको छ ।

नेपालमा केही समय अघि विराटनगरमा एउटा काजु उत्पादन गर्ने उद्योग खुलेको छ । तर सरकारले भारतबाट नेपाल तर्फ काजु र काजु उत्पादन गर्ने कच्चा पदार्थ आयात गर्दा एउटै भन्सार राजश्व दर कायम गरेकोले नेपाली काजु उद्योग धारासायी अवस्थामा छ । सरकार नेपालमा उद्योग स्थापना गरेर रोजगारी सृजना गर्नुभन्दा विदेश मै तयार भएको काजु ल्याएर विक्री गर्ने मनसायमा रहेकोले नेपाली उद्योग धारासायी भएको उद्योगका संचालकले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्