उद्योग संगठन मोरङ शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै

  • चिरफार डटकम, विराटनगर १२६  पटक हेरिएको

मंगलबार, कार्तिक ११, २०८३ समय : १५:२४:२९ , ३ घन्टा अगाडि

उद्योग संगठन मोरङले कार्तिक १९ गते बिहीबार चार्ड पर्व लक्षित शुभकामना आदान–प्रदान कार्यक्रम गर्दैछ ।

विराटनगरमा रहेको निजी क्षेत्रको संस्था मोरङ उद्योग व्यापार संघ विराटनगरले विजया दशमीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिरहेको छ ।

उद्योग संगठन मोरङले शुभ–दीपावलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने परम्परा छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले २०८३ कार्तिक १९ गते बिहीबार शुभ–दीपावली, महान् पर्व छठ र नेपाल सम्वत् ११४७ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्न लागेको जानकारी गराए ।

हरेक क्षेत्र, तह र तप्काको प्रतिनिधित्व हुने गरी ५ सय भन्दा बढी विशिष्ट व्यक्तिहरूलाई शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी जनाउनको लागि निम्तो पठाउने तयारी भइरहेको अध्यक्ष राठीले बताए ।

संगठनले कार्तिक १९ गते बिहीबार दिनको ३ः३० बजेदेखि ५ः३० बजेसम्म विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित उद्योग संगठन मोरङको सचिवालयमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्न लागेको छ ।

जुन कार्यक्रममा सहभागिता जनाएका अतिथि पाहुनाहरूलाई तिहार गीतको धुनमा सेलरोटी सहित खानाको विभिन्न परिकार खुवाउँदै शुभकामना आदान–प्रदान गर्ने उद्योग संगठन मोरङको परम्परा छ ।