- चिरफार डटकम, विराटनगर १०२ पटक हेरिएको
सोमबार, कार्तिक १०, २०८३ समय : १८:१३:२७ , १० घन्टा अगाडि
सोमबारदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
२६ अक्टुवर २०२६ सोमबारदेखि सुरु भएको प्रतियोगिता ५ नोभेम्बर २०२६ शनिवारसम्म सञ्चालनमा रहने छ । एनपीएलमा ८ टिमको सहभागिता रहेको छ ।
सोमबारको उद्घाटन खेलमा सबै टिकट विक्री भएको छ । प्रतियोगितामा सहभागिता जनाएको कोशी प्रदेशको विराटनगर किङ्सले उपाधि जित्ने दाबी सहित मंगलबार पहिलो खेल खेल्दै छ ।
विराटनगर किङ्सका ओनर एवं युवा उद्यमी पारस लुनियाँले प्रतियोगितामा सहभागी टिम मध्ये विराटनगर किङ्समा स्वदेश तथा विदेशका युवा खेलाडीको बचश्य रहेकोले उपाधि जित्ने बताए ।