कोशी प्रदेशमा पर्यटन विकास परियोजनाको शुभारम्भ

  • ब्रह्मदेव यादव, विराटनगर ३२८  पटक हेरिएको

आइतबार, मंसिर २३, २०८१ समय : १५:१४:५५ , २ महिना अगाडि

कोशी प्रदेशमा प्रदेश मार्गमा–आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ भएको छ । कोशी प्रदेश सरकार र स्वीजरल्याण्ड सरकारका प्रतिनिधि बिच आइतबार विराटनगरमा परियोजना कार्यन्वयन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे र स्वीजरल्याण्ड सरकारका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारकै पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र स्वीजरल्याण्ड सरकारका नेपाल स्थित राजदुत डा. डेनियल म्यूउल्यीको उपस्थितिमा भएको सम्झौता पत्रमा २०८२ देखि २०८५ सम्म परियोजना सम्पन्न गर्नुपर्ने छ ।

परियोजनाले ३ वर्षमा कोशी प्रदेशको पर्यटन र पर्वद्धनका लागि २ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ खर्च गर्नेछ । जसमध्ये १ अर्ब ३५ करोड स्वीजरल्याण्ड सरकार, २० करोड नेपाल सरकार, ४६ करोड कोशी प्रदेश सरकार र ४५ करोड कोशी प्रदेशको २९ वटा स्थानीय तहले बेहोर्ने छ ।

कोशी प्रदेशको चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग, लालीगुराँस पदमार्ग र मुन्दुम पदमार्ग हुँदै २९ वटा स्थानीय तहमा यो परियोजना सञ्चालन हुनेछ ।