
- चिरफार डटकम, विराटनगर २७२ पटक हेरिएको
शनिबार, माघ ०५, २०८१ समय : ११:२५:१८ , ४ हप्ता अगाडि
विराटनगर भन्सार एजेन्ट संघले ७३औं भन्सार दिवस मनाउने तयारी सुरु गरेको छ । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माको अध्यक्षतामा शुक्रवार बसेको कार्यसमितिको बैठकले ७३औं भन्सार दिवस मनाउने निर्णय गर्दै तयारी सुरु गरेका हुन् ।
२०८१ माघ १३ गते (२६ जनवरी) विराटनगर भन्सार एजेन्ट संघले ७३औं भन्सार दिवस मनाउन लागेको हो । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले ७३औं भन्सार दिवसको अवसरमा रक्तदान, विद्यालयमा पंखा वितरण, छात्राहरूलाई सेनेटरीप्याड वितरण, खेलकुद प्रतियोगिता सँगै क्लोथ बैंक सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराए ।
विराटनगर भन्सार एजेन्ट संघका वरिष्ठ उपाध्यक्ष विवेक यादवले ७३औं भन्सार दिवसको अवसरमा ७३ पिन्ट रगत संकलन गर्ने कार्यक्रम रहेको जानकारी गराए ।