नेपाल अग्रवाल सभाले विराटनगर महानगरपालिकालाई उपलब्ध गरायो २ थान फोहोर उठाउने रिक्सा

  • ब्रह्मदेव यादव, विराटनगर ५२१  पटक हेरिएको

आइतबार, माघ ०६, २०८१ समय : १७:२६:१० , ४ हप्ता अगाडि

नेपाल अग्रवाल सभा विराटनगरले विराटनगर महानगरपालिकालाई फोहोर उठाउने २ थान रिक्सा उपलब्ध गराएको छ । साउन्ड सिस्टम जडान गरेको २ थान फोहोर उठाउने रिक्सा निर्माण गर्नका लागि नेपाल अग्रवाल सभा विराटनगरले १ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।

विराटनगर महानगरपालिका क्षेत्रको दिउँसोको फोहोर उठाउनका लागि २ थान रिक्सा उपलब्ध गराइएको नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले बताए ।

नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, उपाध्यक्ष पृथ्वी अग्रवाल र पिन्टु राजगढिया, महासचिव राजेश अग्रवाल, सचिव भरत खेतान र बिमल अग्रवाल, कार्यसमिति सदस्य कैलाश अग्रवाल, हंसराज अग्रवाल, पूर्व अध्यक्ष देवकिनन्दन अग्रवाल, अभिषेक तोदी, लक्ष्मण नेवटिया, सल्लाहकार श्रवण अग्रवाल, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवाल सहितको टोलीले आइतबार विराटनगर महानगरपालिकामा कार्यक्रम आयोजना गरेर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई फोहोर उठाउने २ थान रिक्सा हस्तान्तरण गरे ।

मेयर नागेश कोइरालाले विराटनगरमा २ थान मोबाइल ट्वाइलेटको आवश्यकता रहेकोले सहयोग गरिदिन नेपाल अग्रवाल सभा विराटनगरलाई आग्रह गरे । विराटनगर महानगरपालिका सरसफाइ शाखा प्रमुख पुनम दाहालले नेपाल अग्रवाल सभा विराटनगरद्वारा उपलब्ध गराइएको २ थान रिक्सा मार्फत दिउँसोको फोहोर र मृत्यु भएको जनावर उठाउने कार्यकालागि परिचालन गर्ने बताए ।