७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा उत्कृष्ट आयात–निर्यात कर्ता सम्मानित

  • चिरफार डटकम, विराटनगर ५६१  पटक हेरिएको

आइतबार, माघ १३, २०८१ समय : १६:०२:५३ , ३ हप्ता अगाडि

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा विराटनगर भन्सार कार्यालयले उत्कृष्ट आयात–निर्यात कर्तालाई सम्मान गरेका छन् ।
विराटनगर भन्सार कार्यालयले आइतबार ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा नेपाल आयल निगमको कोशी प्रदेश कार्यालयलाई उत्कृष्ट आयात कर्ता र रिलायन्स स्पिनिङ मिल्सलाई उत्कृष्ट निर्यात कर्ता घोषणा गर्दै प्रशंसा पत्र दिएर सम्मान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले उत्कृष्ट आयात–निर्यात कर्ता प्रतिनिधिलाई प्रशंसा पत्रले सम्मान गरे । कार्यक्रममा भन्सार अधिकृत सुमित गुप्ता र नायव सुब्बा गिरेन्द्रप्रसाद यादवलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको छ ।
भन्सार एजेन्ट अरुण खेतानलाई उत्कृष्ट भन्सार एजेन्टको रूपमा सम्मान गरिएको छ । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्मा र विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्मालाई भन्सार आयात–निर्यातमा उत्कृष्ट भूमिका निर्वाह गरेको निष्कर्ष निकाल्दै प्रमाणपत्र दिएर सम्मान गरेका छन् ।