विराट एक्स्पोको मुख्य आकर्षण सेल्फी गार्डेन

  • ब्रह्मदेव यादव, विराटनगर १११६  पटक हेरिएको

मंगलबार, माघ १५, २०८१ समय : १५:४८:५७ , ३ हप्ता अगाडि

विराट एक्स्पो २०२५ को मुख्य आकर्षण सेल्फी गार्डेन रहेका छन् । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा माघ १२ देखि २० गतेसम्म आयोजना गरेको विराट एक्स्पोको मुख्य आकर्षक सेल्फी गार्डेन बनेका छन् । विराट एक्स्पो भित्र रहेको के अन्सारी नर्सरीमा सेल्फी फोटो खिच्नका लागि मुख्य आकर्षक स्थल हो ।

विराट एक्स्पो घुम्न र हेर्न जाने जो कोही के अन्सारी नर्सरीमा सेल्फी फोटो नखिचाइ घर फर्किँदैन । युवा जमात त घण्टौँ लगाएर सेल्फी गार्डेनमा विभिन्न पोजमा फोटो खिचाउँछन् । र सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । विराट एक्स्पोको के अन्सारी नर्सरीमा हजारौँ जातका फुलका बिरुवालाई एकै ठाउँमा राखेर सेल्फी गार्डेनको निर्माण गरेको छन् । उद्योग संगठन मोरङले सेल्फी गार्डेन निर्माणका लागि मोटो रकम खर्चेका छन् ।

उद्योग संगठन मोरङले २०७९ सालमा डिग्री क्याम्पकै मैदानमा आयोजना गरेको ७औं संस्करणको विराट एक्स्पोमा ५० हजार भन्दा बढी अवलोकन कर्ताले के अन्सारी नर्सरीमा सेल्फी फोटो खिचाएका थिए । र त्यसरी खिचिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दा खुब चर्चा बटुलेको थियो । पहिलाको चर्चाबाट उत्साहित उद्योग संगठन मोरङले पुनः ८औं संस्करणको विराट एक्स्पोमा के अन्सारी नर्सरीलाई सेल्फी गार्डेनको रूपमा प्राथमिकताका साथ स्थान दिएका छन् ।

जुन सेल्फी गार्डेन विराट एक्स्पोको रमणीय स्थल बनेको छ । १९६८ सालमा काजिम अन्सारीले के अन्सारी नर्सरी गार्डेनको स्थापना गरेका थिए । काजिम अन्सारीका ३ छोराहरूले विराटनगरको बेग्ला बेग्लै स्थानमा नर्सरी सञ्चालन गरिरहेका छन् । विराटनगर–१३ रोड शेष नजिक रजी अन्सारीले हिमालय नर्सरी, विराटनगर–१५ मा रफी अन्सारीले किसान नर्सरी र विराटनगर–१४ जतुवा स्थित मलाया रोडमा सलिम अन्सारीले के अन्सारी नर्सरी सञ्चालन गरिरहेका छन् ।

विराटनगरमा नर्सरीको बादशाह काजिम अन्सारीको के अन्सारी नर्सरी नेपालको सबैभन्दा ठुलो नर्सरीको फर्म हो । काजिम अन्सारीका ३ छोराहरू रजी अन्सारी, रफी अन्सारी र सलिम अन्सारीले नर्सरी क्षेत्रमा १० करोड भन्दा बढी रुपैयाँ लगानी गरेका छन् । रजी अन्सारीको हिमालय नर्सरी, रफी अन्सारीको किसान नर्सरी र सलिम अन्सारीको के अन्सारी नर्सरीमा रहेको आकर्षक डिजाइनका फुलका बिरुवा विराट एक्स्पोमा सजावट गरिएको छ । विराट एक्स्पो अवलोकन गर्न आउने सर्वसाधारणदेखि विशिष्ट व्यक्तिहरूले नर्सरीमा सेल्फी फोटो खिच्नेदेखि लिएर फुलको बिरुवा समेत खरिद गरेर घर फर्किरहेका छन् ।