- ... १४४० पटक हेरिएको
शुक्रबार, माघ २०, २०७९ समय : १७:५४:२१ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताको बचत सुरक्षित रहेकोले ढुक्क संग कारोबार गर्न आग्रह गरेको छ ।
सहकारीका अध्यक्ष केदारनाथ शर्माले बचत कर्ताहरुलाई भनेः तपाईंहरुको लगानी सुरक्षित छ । हल्लाको पछि नलाग्नुस र ढुक्क संग कारोबार गर्नुस् ।
आर्थिक तरलताको कारण बचत कर्ताको एकमुस्ट बचत रकम फिर्ता गर्न केहि समय लाग्ने भएकोले ढुक्क भएर तुलसी बहुमुखी सहकारी संस्था संग कारोबार गर्न आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेका छन् ।
विराटनगर–२ स्थित विराट नर्सिङ होस नजिक सहकारीको कार्यालयमा बचत कर्ताले बचत रकम झिक्न लाइन लाग्न थालेपछि सहकारीले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो ।