घिमिरे सेवा निवृत कर्मचारी समाजको केन्द्रिय अध्यक्ष

  • ... २५१  पटक हेरिएको

आइतबार, माघ २२, २०७९ समय : १३:३२:२२ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

मनोज घिमिरे सेवा निवृत कर्मचारी केन्द्रिय समिति मोरङको अध्यक्ष चयन भएका छन् । समाजको शनिबार सम्पन्न ५औं साधारण सभाले घिमिरेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।

३४ वर्षसम्म सरकारी सेवामा कार्यरत घिमिरे २०७६ सालमा संघिय सरकारको खानेपानी मन्त्रालयको सह–सचिव पदबाट सेवा निवृत भएका थिए । घिमिरे प्रदेश नं. १ मा भौतिक पूर्वाधार मन्त्रालयमा सचिव र खानेपानी विभागको उपमहानिर्देशक पदमा बसेर काम गरेका थिए ।

साधारण सभाले हरिचरण न्यौपाने र विन्दाकुमारी नेपाललाई उपाध्यक्ष, राजकुमार दाहाललाई महासचिव, प्रकाश शाहलाई सचिव र गुणराज रिजाललाई कोषाध्यक्ष चयन गरेको छ । जयनारायण यादव, चतुरलाल विश्वास, विस्था पौडेल, सीता श्रेष्ठ, सत्यनारायण माँझी, केदारकुमार पोखरेल, कमुल श्रेष्ठ, झनेन्द्र भण्डारी, बज्रमोहन कोइराला र पिताम्बर खतिवडा समाजको सदस्य रहेका छन् । रामप्रसाद खतिवडालाई समाजको संरक्षकको जिम्मेवारी सुम्पिएको छ ।