
- चिरफार डटकम, विराटनगर ३३० पटक हेरिएको
आइतबार, बैशाख १४, २०८२ समय : १७:२७:०८ , ३ दिन अगाडि
मोरङ उद्योग व्यापार संघले भारतबाट नेपालमा आयात भइरहेको मापदण्ड विपरीतको सामानलाई प्रतिबन्ध लगाउनु पर्ने सरकारलाई सुझाव दिएको छ ।
संघिय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मोरङ उद्योग व्यापार संघले संयुक्त रूपमा आइतबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशमा निर्यात सम्भावना तथा सहजीकरण सम्बन्धी विषयक अन्तरक्रिया कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले भारतबाट नेपालमा आयात भइरहेको सामान नेपाल गुणस्तर प्रमाण चिन्हको मापदण्डमा पर्दैन भन्ने त्यस्ता सामानलाई आयात र विक्री वितरणमा प्रतिबन्ध लगाउनु पर्ने सरकारलाई सुझाव दिएको हो ।
भारतसँग सिमाना जोडिएको नेपालको बजारलाई चलायमान बनाउने हो भने सरकारले भन्सार राजश्व दर रेट र मूल्य अभिवृद्धि कर (भ्याट) दर रेटमा परिवर्तन गर्नुपर्ने अध्यक्ष राठीले सरकारलाई सुझाव दिए ।
भारतबाट नेपालमा आयात भइरहेको सामानमा सरकारले भन्सार राजश्व दर रेट र भ्याट कर दर रेट परिमार्जन नगरेसम्म सीमान्त क्षेत्रबाट चोरी तस्करीका सामान सहज रूपमा नेपाल भित्री रहने अध्यक्ष राठीले बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव अच्यूत ढुंगाना, शाखा अधिकृत गणेश पाण्डे अन्तरक्रिया कार्यक्रममा सहभागी थिए ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उपाध्यक्ष अनिल सारडा, संघका पदाधिकारी, कार्यकारिणी सदस्य, संघका पूर्व अध्यक्ष सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी/व्यवसायी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी थिए ।