
- ब्रह्मदेव यादव, विराटनगर ३८७ पटक हेरिएको
मंगलबार, बैशाख १६, २०८२ समय : १६:०४:०२ , २० घन्टा अगाडि
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बेपत्ता भएको प्रमुख प्रतिपक्ष राजनीतिक दल कांग्रेस आइले आरोप लगाएका छन् । भारतका प्रमुख प्रतिपक्ष राजनीतिक दल कांग्रेस आइले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको टाउको बिनाको शरीरको भागलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै बेपत्ता भएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको टाउको हटाएको ठाउँमा बेपत्ता भनिएर लेखिएको छ । देशलाई आवश्यकता परेको बेलामा प्रधानमन्त्री नरेन्द्र मोदी बेपत्ता भएको कांग्रेस आइले जिकिर गरेका छन् । कांग्रेस आइले भारत कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमण पछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान माथि आक्रमण गर्ने बेलामा उनी जिम्मेवारीबाट पन्छिँदै बेपत्ता भएको आरोप लगाएका छन् ।
वैशाख ९ गते मंगलबार कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परेर १ नेपाली सहित २६ जना पर्यटकको मृत्यु भएको थियो । आतंकवादी आक्रमण पछि भारतको सबै राजनीतिक दल आतंकवादलाई समाप्त पार्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आतंकवादको जड पाकिस्तान रहेको र पाकिस्तान माथि आक्रमण गर्न प्रमुख प्रतिपक्ष राजनीतिक दलले प्रधानमन्त्री नरेन्द्र मोदी माथि दवाव श्रृजना गरिरहेका छन् । यस्तो अवस्थामा भारतले पाकिस्तान माथि युद्ध नगरी पछाडि हटेको कांग्रेस आइले आरोप लगाएका छन् ।
कांग्रेस आइले प्रधानमन्त्री नरेन्द्र मोदीको टाउको बिनाको शरीरको भागलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै बेपत्ता भएको सन्देश प्रवाह गर्दै सत्ताघटक भारतीय जनता पार्टी (बिजेपी) माथि आक्रमण गरेका छन् ।
कांग्रेस आइले कसैको नाम नलेखीकन सार्वजनिक गरेको तस्बिर प्रधानमन्त्री नरेन्द्र मोदीकै भएको जिकिर गर्दै भारतीय जनता पार्टीले त्यस्को विरोध गरेका छन् । यद्यपि प्रमुख प्रतिपक्ष कांग्रेस आइ लगायत प्रतिपक्ष दलहरूले लोकसभाको विशेष बैठक आवहन गरेर आतंकवादका विरुद्ध छलफल गर्न सरकारसँग माग गरेका छन् । तर प्रधानमन्त्री नरेन्द्र मोदी दलहरू बिचको सर्वदलीय बैठकमा सहभागी नजनाइकन बेपत्ता जस्तै लुकेर बसेका छन् ।