
- ब्रह्मदेव यादव, विराटनगर ३५५ पटक हेरिएको
आइतबार, बैशाख २१, २०८२ समय : १८:२९:३७ , २ हप्ता अगाडि
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले माग पुरा नभए सरकारका विरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पार्टीको तर्फबाट कोशी प्रदेशका इन्चार्ज समेत रहेका पूर्व मुख्यमन्त्री राई र पार्टीका कोशी प्रदेश अध्यक्ष सरिता खड्का नेतृत्वको टोलीले आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब पार्टीको तर्फबाट बुझाइएको माग पुरा नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पूर्व मुख्यमन्त्री राई र कोशी प्रदेश अध्यक्ष खड्का सहित पार्टीका नेता र कार्यकर्ताहरू आइतबार कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको कार्यकक्षमै पुगेर विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाए । नेकपा एकीकृत समाजवादी कोशीले झापाको विर्तामोड स्थित गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
भूमि व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत रहेकोले चर्चामा रहेको गिरी बन्धु टी–इस्टेटबारे उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरेका छन् । जवाफमा मुख्यमन्त्री कार्कीले प्रदेशले सक्ने जति मागहरू पुरा गर्ने र बाँकी मागलाई बिस्तारै पुरा गर्दै जाने बताए ।