
- ब्रह्मदेव यादव, विराटनगर ३८८ पटक हेरिएको
बुधबार, बैशाख २४, २०८२ समय : १२:०३:१९ , १६ घन्टा अगाडि
भारत र पाकिस्तान बिच मंगलबार मध्यरातीदेखि युद्ध सुरु भएको छ । युद्ध आक्रमणमा परेर एकै रातमै २४ भारतीय र ३० पाकिस्तानीको मृत्यु भएको छ । कस्मिरको सिमा क्षेत्रमा पाकिस्तानी सेनाले अन्दाधुन गोली चलाउँदा ३ जना भारतीय सर्वसाधारणको गोली लागेर मृत्यु भएको छ ।

२०८२ वैशाख ९ गते मंगलबार भारतको कस्मिर राज्यको पहलगाममा आतंकवादी आक्रमणमा परेर २६ जना पर्यटकको मृत्यु भएको थियो । नेपाली, भारतीय र विदेशी पर्यटकले पहलगाममा ज्यान गुमाएका थिए ।
भारतले पहलगाममा आतंकवादी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको निष्कर्ष निकाल्दै मंगलबार मध्यरातीदेखि पाकिस्तानको ९ आतंकवादी स्थलमा आक्रमण गरेर ३० आतंकवादीलाई मारेको दाबी गरेका छन् ।
तर पाकिस्तानले ६ स्थानमा भारतले २४ आणविक हत्यार मिसायल मार्फत आक्रमण गर्दा ८ जनाको मृत्यु र ३३ जना घाइते भएको जानकारी गराएको छ ।
भारतले पाकिस्तानको धार्मिक स्थल मस्जित र मर्दसा माथि आक्रमण गरेर आतंकवादी स्थल माथि आक्रमण गरेको गलत प्रचारको खण्डन गरेका छन् ।

भारत भन्दा पाकिस्तान सँग आणविक हत्यार मिसाइल बढी छ । र पाकिस्तानले भारत माथि मिसाइल आक्रमण गर्ने तयारी सुरु गरे लगत्तै भारतमा रहेका लाखौँ नेपाली भारत छोडेर नेपाल फर्किन थालेका छन् । युद्धको बेला आफूलाई असुरक्षित महसुस गरेर बुधवार मात्रै लाखौँ नेपाली नेपाल आइपुगेका छन् ।
भारतको रेल मार्गदेखि बस मार्गको यात्रा गरेर नेपाली भारत छोडेर नेपाल आइपुगेको हो । बुधबार जोगबनी नाकाबाट मात्रै हजारौँ नेपाली नेपाल फर्केको प्रहरी निकट समाचार सुत्रले जानकारी गराएको छ ।