वैशाख २९ र ३० गते जसपा नेपाल मोरङको प्रथम अधिवेशन

  • चिरफार डटकम, विराटनगर २१०  पटक हेरिएको

बिहिबार, बैशाख २५, २०८२ समय : १४:०१:५८ , ८ घन्टा अगाडि

यही वैशाख २९ र ३० गते जनता समाजवादी पार्टी नेपालको प्रथम मोरङ जिल्ला अधिवेशन हुन गइरहेको छ । विराटनगरको मारवाडी सेवा सदनमा हुन गइरहेको प्रथम मोरङ अधिवेशनमा ६ सय प्रतिनिधि र ५० परिवेक्षकको सहभागिता रहने छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मोरङ अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

जनता समाजवादी पार्टी नेपाल मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रथम मोरङ अधिवेशनको तयारी बारे जानकारी गराएको छ । अध्यक्ष राजकुमार यादवले अधिवेशनबाट ५१ सदस्य, मोरङ जिल्ला समिति गठन हुने जानकारी गराए ।

१२ वर्षदेखि जनता समाजवादी पार्टी नेपाल मोरङको अध्यक्ष रहेका राजकुमार यादवले आफू पुुनः अध्यक्षको दौडमा रहेको बताए ।

पार्टीका केन्द्रीय समितिका कार्यकारिणी सदस्य जयराम यादव, केन्द्रीय सदस्य सदिना खातुन, कुन्ता राई, शान्ता मोक्तान, मोरङ उपाध्यक्ष मन्तलाल यादव, कोषाध्यक्ष विनिता सिंह, प्रवक्ता राकेश रोशन यादव र विराटनगर महानगर समिति अध्यक्ष अमरेन्द्र यादव (दिपेश) पत्रकार सम्मेलनमा सहभागी थिए ।