मोरङ उद्योग व्यापार संघको ६८औं वार्षिक साधारण सभा सम्पन्न

  • चिरफार डटकम, विराटनगर ४३४  पटक हेरिएको

शुक्रबार, जेठ ०२, २०८२ समय : १७:५९:४३ , १ महिना अगाडि

मोरङ उद्योग व्यापार संघको ६८औं वार्षिक साधारण सभा शुक्रबार विराटनगरमा सम्पन्न भएको छ । मोरङ उद्योग व्यापार संघको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका अनुपम राठी नेतृत्वको टिमले एक वर्ष कार्यकाल पुरा गरे लगत्तै ६८औं वार्षिक साधारण सभाको आयोजना गरेका थिए ।

मोरङ उद्योग व्यापार संघको नेतृत्वले १ वर्षको समय अवधिमा गरकेको कामलाई साधारण सभाबाट अनुमोदन गराएका छन् । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा सम्पन्न ६८औं वार्षिक साधारण सभाको प्रमुख अतिथि संघिय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राणा, कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्री भुपेन्द्र राई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, उद्योग संगठन मारङका अध्यक्ष राकेश सुराना, संघका पूर्व अध्यक्ष सुरेश शर्मा, संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघिय सरकारका पूर्व राज्य मन्त्री मोतीलाल दुगड, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, परिसंघका प्रमुख संरक्षक एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष महेश जाजु, परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा सहित उद्योगी व्यवसायी मोरङ उद्योग व्यापार संघको साधारण सभामा सहभागी भएका थिए ।