कान्तिपुर कलेजप्रति विद्यार्थीको बढ्दो आकर्षण

  • ब्रह्मदेव यादव, विराटनगर २३१  पटक हेरिएको

सोमबार, आषाढ १६, २०८२ समय : १७:२७:२९ , १५ घन्टा अगाडि

विराटनगरको कान्तिपुर कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । कान्तिपुर कलेजका १५ जना सञ्चालक पूर्णकालिन दक्ष विशेषज्ञ शिक्षक सहित प्रत्येक विषयको दक्ष शिक्षकले अध्यापन गराइरहेको र उत्कृष्ट नजिताको आधारमा कलेज प्रति विद्यार्थीको आकर्षण बढेको हो । शैक्षिक सत्र २०८२/०८३ का लागि ४ जिपिएदेखि उच्चतम जिपिए अंक ल्याउने विद्यार्थीको पहिलो रोजाइ कान्तिपुर कलेज बन्ने गरेको छ ।

कान्तिपुरले अब्बल विद्यार्थी मात्रै होइन सबल र सामान्य स्तरका विद्यार्थीहरूलाई विशेष किसिमले अध्यापन गराउने हुनाले विद्यार्थीको रोजाइ कान्तिपुर कलेज हुने गरेको कलेजका सञ्चालक एवं प्रिन्सिपल भेषराज नेपाल (भुवन) को ठम्याई छ । सरकारले २०८०/०८१ मा मेडिकल साइन्स तर्फ सार्वजनिक गरेको नतिजा अनुसार विराटनगरको कान्तिपुर कलेजका ३ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए ।

कान्तिपुर कलेजबाट विज्ञान संकायतर्फ कक्षा ११ र १२ को अध्ययन पुरा गरेको लगत्तै तिनै जना विद्यार्थीले पहिलो प्रयासमा मेडिकल साइन्स तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए । कान्तिपुर कलेजमा अध्ययन पुरा गरेका राजु महतो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, सोनिया कामत बि.पि. कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान धरान र बिराज अधिकारी के.एम.सी. काठमाडौँमा पूर्व छात्रवृत्तिमा एम.बि.बि.एस. अध्ययनरत रहेका छन् ।

२०७२ सालमा कान्तिपुर कलेजको स्थापना भएको हो । १० वर्ष भित्र कलेजबाट ७ हजारभन्दा बढी विद्यार्थी कक्षा ११ र १२ उत्तीर्ण भएका छन् । जसमध्ये सिम्याट, निजामती कर्मचारी र प्रहरी प्रशासन तर्फ उल्लेखनीय संख्यामा विद्यार्थीले सफलता प्राप्त गरेका छन् ।

कान्तिपुर कलेजले विज्ञान संकाय, व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय तर्फको कक्षा सञ्चालन गरिरहेको छ । कलेजले शैक्षिक सत्र २०८२/०८३ का लागि विज्ञान संकायतर्फ ४ सय ५०, व्यवस्थापन संकाय तर्फ ४ सय ५० र होटेल व्यवस्थापन संकाय तर्फ १ सय ५० गरी १ हजार ५० जना विद्यार्थी भर्ना लिने तयारी सुरु भइसकेको प्रिन्सिपल नेपालले बताए ।