
- चिरफार डटकम, विराटनगर ५२१ पटक हेरिएको
शुक्रबार, आषाढ २०, २०८२ समय : १३:३९:०८ , २ महिना अगाडि
रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा शुक्रबारदेखि २ दिने ट्रेड फेयर सुरु भएको छ । नेपाली महिलाहरूका लागि श्रावण र तीज पर्वको लागि किनमेल गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ क्लबले ट्रेड फेयरको आयोजना गरेको हो ।

विराटनगरस्थित अतिथि सदनमा शुक्रबारदेखि सुरु भएको ट्रेड फेयर शनिबारसम्म चल्ने छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव रोटरी क्लब अफ विराटनगर डाउन टाउनका अध्यक्ष गिरिजा सारडा, क्लबका पूर्व अध्यक्ष ट्रेड फेयरका कोअडिनेटर रचना राठीले शुक्रबार ट्रेड फेयर २०२५ को उद्घाटन गरेका छन् ।

ट्रेड फेयरमा नेपाल र भारतका गरी औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका २६ वटा स्टल रहेका छन् । ट्रेड फेयरमा महिलाका लागि आकर्षण र लोभ लाग्दो कुर्ता सलवार, रेडिमेट कपडा। शृगांरका सामान बिक्री भइरहेका छन् । न्यूनतम १ हजारदेखि बढिमा २५ हजार सम्मको ब्राण्डेड कुर्ता सलवार सहित रेडिमेड कपडा बिक्री भइरहेका छन् ।


विराटनगरको औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाले रोटरी क्लबको ट्रेड फेयरलाई व्यवसायीक विज्ञान उपलब्ध गराएर सहयोग गरेका छन् ।


सामान खरिदका लागि टे«ड फेयर प्रवेशमा शुल्क नलाग्ने व्यवस्था गरिएको ट्रेड फेयर कोअडिनेटर रचना राठीले बताइन ।