
- ब्रह्ममदेव यादव, विराटनगर ५११ पटक हेरिएको
शनिबार, आषाढ २८, २०८२ समय : १८:३८:३४ , ३ घन्टा अगाडि
मामा, भान्जा र काका मिलेर शनिबारदेखि विराटनगरको रोडशेष चौकमा सुनामी बार सञ्चालनमा ल्याएका छन् । जनक श्रेष्ठ, सुरजकुमार प्रधान र दिपेन्द्र खुलालले डेढ करोड भन्दा बढी रकम खर्चेर विश्वको विकसित मुलुक दुबईको मोडेलमा आधारित रहेर विराटनगरमा सुनामी बार सञ्चालनमा ल्याएको हो ।
दुबईको मोडेलमा आधारित रहेर सुनामी बार सञ्चालनमा ल्याउनका लागि भवनको मर्मत सम्भार र डिजाइनको निर्माण कार्य पुरा गर्न १ वर्ष समय लागेको थियो । सुनामी बारमा नृत्य, डान्स र बारका लागि १५ जना आकर्षण मोडेलका युवती काठमाडौँ लगायत अन्य सहरबाट विराटनगर ल्याएका छन् ।
विराटनगरमा आजसम्म यस्तो आकर्षण मोडेलका बार सञ्चालनमा आएको थिएन । यो नै विराटनगरको सबै भन्दा सुविधा सम्पन्न आकर्षण मोडेलका बार हो । १८ वर्ष विदेशमा काम गरेर नेपाल फर्केका जनक श्रेष्ठ दुबईको मोडेलमा आधारित रहेर सुनामी बार सञ्चालनमा ल्याएको हो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले शनिबार सुनामी बारको उद्घाटन गरेका छन् । सदस्य सचिव बस्नेतले पर्यटन उद्योगको रूपमा सञ्चालनमा आएको सुनामी बारका तीनै जना सञ्चालकलाई राज्यको ऐन कानुनको पालन गर्न सुझाव दिए ।
सञ्चालक जनक श्रेष्ठले विराटनगर सहित नेपाल र भारतका पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ सुनामी बार सञ्चालनमा ल्याएको बताए । दिउँसो ३ बजेदेखि ६ बजेसम्म हेप्पी आवरमा लाइभ म्युजिक र राती ६ देखि १० बजेसम्म नृत्य प्रस्तुत गरिने कार्य तालिका रहेको छ ।