
- चिरफार डटकम, विराटनगर १९४ पटक हेरिएको
सोमबार, आषाढ ३०, २०८२ समय : १८:३५:४५ , १४ घन्टा अगाडि
उद्योगी भीम घिमिरे दोस्रो पटक नेपाल उद्योग परिसंघको केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । सफलता पूर्वक पहिलो कार्यकाल पुरा गरेका घिमिरेलाई नेपाल उद्योग परिसंघले दोस्रो कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो ।
उद्योग संगठन मोरङको अध्यक्ष र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाली सकेका घिमिरे नेपालको अर्थतन्त्र र सरकारको गलत आर्थिक नीतिको खुलेर विरोध गर्ने स्पष्ट वक्ताको रूपमा चिनिन्छ ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संस्थापक अध्यक्ष र त्यसपछि केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारीमा रहँदा उद्योगी घिमिरेले नेपाल उद्योग परिसंघलाई उचाइमा पुर्याउन खेलेको योगदानको कदर गर्दै परिसंघले दोस्रो पटक सर्वसम्मत रूपमा केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी दिएको हो ।