धनपालथानको इतिहास समेटिएको पुस्तक सार्वजनिक

  • चिरफार डटकम, विराटनगर २९३  पटक हेरिएको

बुधबार, साउन ०७, २०८२ समय : १८:२२:३३ , १ हप्ता अगाडि

मोरङ जिल्लाको धनपालथान गाउँपालिकाले आफ्नो इतिहास बारे तयार पारेको पुस्तक सार्वजनिक गरेका छन् । “धनपालथान गाउँपालिकाका धार्मिक तथा शैक्षिक संस्थाहरूको अध्ययन” पुस्तकको नामाकरण गरिएको छ ।

वरिष्ठ पत्रकार यज्ञप्रसाद शर्माले पुस्तकको सम्पादन गरेका हुन् । पत्रकारहरु श्याम सुन्दर सुतिहार, पदम सरदार र उषा मण्डल पुस्तक सम्पादन मण्डलमा सदस्य रहेका छन् । वरिष्ठ पत्रकार यज्ञप्रसाद शर्माको संयोजकमा वरिष्ठ अधिवक्ता प्रा.डा. रामलाल सुतिहार र पत्रकार उत्पादन गर्ने संस्था क्षेत्रीय सञ्चार श्रोत केन्द्र विराटनगरका संयोजक विरेन्द्र शर्मा पुस्तक प्रकाशनका लागि गठन गरिएको विज्ञ टोलीका सदस्य रहेका छन् ।

धनपालथान गाउँपालिकामा ७ वटा वडा कार्यालय रहेका छन् । र ती वडामा रहेका धार्मिक मठमन्दिर, मस्जिद र शिक्षण संस्थाको बारेमा अध्ययन गरेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको हो ।

धनपालथान गाउँपालिकाले पुस्तक प्रकाशन शीर्षकमा ४ लाख ८३ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले बताए । प्रकाश इन्भेष्टमेन्ट प्रा.लि., विराटनगरले ५ सय प्रति पुस्तक प्रकाशन गरेका छन् । धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार, उपाध्यक्ष नसिमा वानो र प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडाले बुधबार पुस्तकको विमोचन गरेका छन् ।