उद्योग संगठन मोरङले वितरण गर्‍यो मानव सेवा आश्रममा खाना र खाद्यान्न सामग्री

  • चिरफार डटकम, विराटनगर ३०३  पटक हेरिएको

मंगलबार, मंसिर ०२, २०८२ समय : १४:४४:२९ , १७ घन्टा अगाडि

उद्योग संगठन मोरङले मंगलबार विराटनगर-२ स्थित मानव सेवा आश्रममा खाना र खाद्यान्न सामग्री वितरण गरेका छन् ।

संगठनका पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाको १६औँ स्मृति दिवसको अवसरमा मानव सेवा आश्रममा आश्रित ७० भन्दा बढी ज्येष्ठ नागरिकलाई मंगलबार बिहानको खाना वितरण गरेका छन् ।

साथै आश्रममा आश्रित ज्येष्ठ नागरिक र बालबालिकाका लागि आवश्यक खाद्यान्न सामग्री समेत वितरण गरिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए ।

उद्योगी एवं समाजसेवी स्व. गोल्छाको योगदानलाई स्मरण गराउन मानव सेवा आश्रममा खाना र खाद्यान्न सामग्री वितरण गरिएको अध्यक्ष राठीले बताए ।

संगठनले प्रत्येक वर्ष पूर्व अध्यक्ष स्व. गोल्छाको स्मृतिमा ज्येष्ठ नागरिक आश्रित आश्रममा मिष्ठान्न भोजन खुवाउनुको साथै आवश्यक खाद्यान्न सामग्री वितरण गर्दै आइरहेका छन् ।

संगठनले मंगलबार बिहान विराटनगर–२ स्थित संगठनकै कार्यालयमा निर्माण गरिएको स्व. गोल्छाको सालिकमा माल्यार्पण गरेर १६औँ स्मृति दिवस मनाएका छन् ।

संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन काबरा, सुबोध कोइराला, कार्यसमिति सदस्य सन्तोष भगत, दिपक अग्रवाल, स्व. महेन्द्र गोल्छाका छोरा पारस गोल्छा र प्रतिक राउतको सहभागिता रहेको थियो ।

संगठनका पदाधिकारी र कार्यसमितिका सदस्यहरू मानव सेवा आश्रममा पुगेर ज्येष्ठ नागरिकलाई भोजन वितरण गरेका थिए ।