काठमाडौँ बाहिर विराटनगरको अरनिको कलेजका ११ विद्यार्थी एम.बि.बि.एस. तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल

  • ब्रह्ममदेव यादव, विराटनगर २१८  पटक हेरिएको

शनिबार, मंसिर ०६, २०८२ समय : १६:१७:३७ , २३ घन्टा अगाडि

देशको राजधानी काठमाडौँ बाहिर विराटनगरको अरनिको कलेजका ११ जना विद्यार्थीहरूले एम.बि.बि.एस. तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । अरनिको कलेजले विज्ञान संकाय तर्फ नेपालको उत्कृष्ट र कोशी प्रदेशको पहिलो कलेजको रूपमा स्थापित गराउन समेत सफल भएका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको अरनिको कलेजका ११ जना विद्यार्थीहरू एम.बि.बि.एस. प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । एम.बि.बि.एस. तर्फको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ११ जना विद्यार्थीहरूलाई अरनिको कलेजले शनिबार नगद सहित प्रमाणपत्र दिएर सम्मान गरेका छन् ।

अरनिको कलेजले आयोजना गरेको कार्यक्रममा कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कोअडिनेटर विकास खनाल, सञ्चालक भरतराज दाहाल, डा. भविन्द्र निरौला, निलम अधिकारी र शैलेश झाले एम.बि.बि.एस. तर्फको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थी ओपेन्द्रकुमार यादव, शुभम अगरिया, दिक्षित भट्टराई, रोहित राम, लोकश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पना चौधरी, रिषभ सोनी र निराजन यादवलाई खादा माला र नगद सहित प्रमाण पत्रले सम्मान गरे ।

एम.बि.बि.एस. तर्फ मात्र नभई इन्जिनियर तर्फको प्रवेश परीक्षामा पहिलो स्थान हासिल गरेका अनुक्रम काफ्ले र बि.बि.एस. तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल निश्चल न्यौपानेलाई नगद सहित प्रमाणपत्रले सम्मान गरे । कलेजले कक्षा ११ र १२ तर्फ विभिन्न समयमा लिएको आन्तरिक परीक्षा तर्फ उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई नगद राशीले पुरस्कृत गरे ।

कलेजका प्रिन्सिपल राजेश कार्कीले एम.बि.बि.एस. तर्फ ११ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको र जातीय आरक्षण कोटामा नाम निकाल्न सफल भएका विद्यार्थीहरूको संख्या आउने क्रममा रहेकोले यो संख्या बढेर २० पुग्ने बताए । प्रिन्सिपल कार्कीले कलेजका संचालक शिक्षक शिक्षिका र विद्यार्थीको कडा मेहनत र परिश्रमका कारण कलेजले यो उचाई प्राप्त गरेको बताए ।