- ... ९२५ पटक हेरिएको
मंगलबार, फाल्गुण ०९, २०७९ समय : १६:०५:५९ , २ वर्ष अगाडि
- ब्रह्मदेव यादव, विराटनगर
विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थामा सर्वसाधारणले बचत तथा शेयर सदस्य बापत जम्मा गरेको ४ अर्बभन्दा बढि निक्षेपको लेखा जोखा छैन ।
तुलसी सहकारीमा सर्वसाधारणले २ अर्बभन्दा बढि रकम निक्षेप र २ अर्बभन्दा बढि रकम शेयर सदस्य बापत सहकारीमा रकम बचत गरेको तथ्याङ्क बाहिरीएको छ ।
सहकारीका संचालकदेखि कर्मचारीहरुले सर्वसाधारणको ४ अर्बभन्दा बढि निक्षेप रकम कम्पनी खोलेर अन्यत्र लगानी गरेको र यसरी लगानी गरिएको रकम तत्कालै असुली हुने सम्भावना नरहेकोले सर्वसाधारणको निक्षेप फिर्ताहुने छाटकाट देखिएको छैन ।
सर्वसाधारणको रकम फिर्ता हुने लक्षण नदेखिएकोले निक्षेप कर्ताहरु सहकारी विरुद्ध आन्दोलितको अवस्थामा छन् । सर्वसाधारणको रकम फिर्ता दिलाउन प्रहरी प्रशासन उदासिन छ । सर्वसाधारण दिनहुँ जिल्ला प्रशासन कार्यालय मोरङमा सहरीका संचालकसँग रकम फिर्ता दिलाइदिन नाराबाजी तथा धर्ना जारी राखेका छन् । तर प्रशासन यस बिषयमा मौन छ ।
तुलसी सहकारी सहकारी ऐन २०४९ बमोजिम दर्ता भएको सहकारी संस्था हो । सहकारी ऐन २०७४ र नियमावली २०७५ ले सहकारी जुन उद्देश्यले खोलीएको हो । त्यही उद्देश्य बमोजिम निक्षेप कर्ताको रकम सर्वसाधारणलाई नै लगानी गर्नुपर्ने हो ।
अन्यत्र लगानी गरेको देखिएमा ठगी ऐन बमोजिम सहकारीका संचालक विरुद्ध मुद्दा दायर हुनसक्छ । तर तुलसी सहकारीका संचालकहरुले बचत कर्ताको रकमलाई कम्पनी खोलेर अन्यत्र लगानी गरेकोले ठगी मुद्दा बमोजिम कारवाही चलाउनु पर्ने हो । तर मोरङ प्रशासन सहकारीका केही संचालकलाई पत्राउ गरेर ५ दिनको म्याद थपे गरेको छ । र थप ५ दिन म्याथ थपने तयारी भईरहेको मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलले बताए ।