युवालाई उद्यमी बनाउने अभियान सञ्चालन गरिरहेको छु – अनुपम राठी

  • चिरफार डटकम, विराटनगर २०८  पटक हेरिएको

बुधबार, पुष १६, २०८२ समय : १६:०२:३९ , २० घन्टा अगाडि

निजी क्षेत्रको ७५ वर्ष पुरानो संस्था मोरङ उद्योग व्यापार संघले युवालाई उद्यमी बनाउने अभियान सञ्चालन गरिरहेका छन् ।

युवालाई उद्यमी बनाएर नेपालमै रोजगारी उपलब्ध गराउने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघले विराटनगरमा आयोजना गरेको विराट ट्रेड एक्स्पोको थिमेटिक सेसनमा युवालाई सहभागिता गराएर विभिन्न क्षेत्रको विज्ञ मार्फत उद्योग व्यापार बारे जानकारी गराइ रहेका छन् ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले युवालाई उद्यमी बनाउने उद्देश्यका साथ विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसन सञ्चालन गरिएको बताए । बुधबार विराट ट्रेड एक्स्पोको थिमेटिक सेसनलाई सम्बोधन गर्दै अध्यक्ष राठीले भने– युवा पुस्तालाई उद्यमशीलताको बारेमा जानकारी गराउने हाम्रो लक्ष्य हो ।

विभिन्न क्षेत्रका विज्ञ मार्फत उद्योग, व्यापार र बजारको बारेमा नयाँ पुस्तालाई जानकारी गराउने थिमेटिक सेसनको मुख्य उद्देश्य रहेको अध्यक्ष राठीले बताए ।

मोरङ उद्योग व्यापार संघले पुस ९ देखि १९ गतेसम्मका लागि विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फ खाली जग्गामा आयोजना गरेको विराट ट्रेड एक्स्पोमा विभिन्न विषयमा थिमेटिक सेसन सञ्चालन गरिरहेका छन् ।

जुन थिमेटिक सेसनमा मोरङ जिल्ला भरीका स्कुल र कलेजका विद्यार्थीहरू सहभागी भइरहेका छन् । र उनीहरूले उद्योग, व्यापार क्षेत्रको बारेमा जानकारी लिइरहेका छन् ।