एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले मनाए ३०४ औं पृथ्वी जयन्ती

  • चिरफार डटकम, विराटनगर ४२७  पटक हेरिएको

आइतबार, पुष २७, २०८२ समय : १७:५१:२५ , ३ महिना अगाडि

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले आइतबार विराटनगरमा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको मञ्चबाट पूर्व राजसंस्था र हिन्दु राज्य पुर्नस्थापनाको माँग गरेका छन् ।

नेपालमा जबसम्म पूर्व राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापना हुँदैन, तबसम्म एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले संघर्ष गरिरहने संघर्ष समितिका अध्यक्ष बल्लभप्रसाद दाहालले उद्घोष गरेका छन् ।

२०८२ साल भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा नेपालमा गणतन्त्र समाप्त भइसकेको र आफुलाई ठुला राजनैतिक दल भनेर दाबी गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू विदेशीको शरणमा पुगेको अध्यक्ष दाहालले बताए ।

नेपाल विद्धत परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, राप्रपा नेपालका कोशी प्रदेश अध्यक्ष माधव आचार्य, एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका उपाध्यक्ष दिनेश राउत, उपाध्यक्ष रमा प्रसाईँ र वरिष्ठ सचिव पुष्पराज दाहाल लगायतका राष्ट्रवादी नेताहरूले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको मञ्चबाट देशलाई राजसंस्था र हिन्दु राज्यको आवश्यकता रहेको  कुरामा जोड दिएका छन् ।