- चिरफार डटकम, विराटनगर १३२ पटक हेरिएको
आइतबार, माघ ०४, २०८२ समय : १७:०१:०२ , ६ घन्टा अगाडि
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आइतबार पदबाट राजीनामा दिएका छन् ।
उपमेयर सुनिता डंगोल समक्ष पेस गरिएको बालेनको राजीनामा स्वीकृत भइसको छ । साढे ३ वर्ष काठमाडौंको मेयर रहेका बालेन साह चर्चित राजनीतिककर्मी हुन् ।

बालेन साह काठमाडौंको मेयर पदबाट राजिनामा दिएर आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली काठमाडौं पुगेका छन् ।
जहाँ उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले स्वागत गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन साहलाई वरिष्ठ नेताको उपाधि दिएको छ । बालेन साहले पनि वरिष्ठ नेताको उपाधि ग्रहण गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन साहलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेर संसदीय चुनाव लडाउने तयारी गरेको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. २ र झापा निर्वाचन क्षेत्र नं. ५ बाट बालेन साहलाई चुनाव लडाउने तयारी भइरहेको छ ।