मोरङमा को कहाँबाट उम्मेदवार

  • चिरफार डटकम, विराटनगर १५६  पटक हेरिएको

मंगलबार, माघ ०६, २०८२ समय : १७:४०:०० , ३ घन्टा अगाडि

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट प्रमुख राजनीतिक दलका नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) ले मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट मोरङ १ बाट खड्ग फागो, २ बाट डा. मिनेन्द्र रिजाल, ३ बाट डा. सुनिल शर्मा, ४ बाट गुरुराज घिमिरे, ५ बाट फुलकुमार लालवानी र ६ बाट डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेको तर्फबाट मोरङ १ बाट घनश्याम खतिवडा, २ बाट दिलिप बगडीया (अग्रवाल), ३ बाट इरान राई, ४ बाट जीवन घिमिरे, ५ बाट मनोज अग्रवाल र ६ बाट विनोद ढकाललाई उम्मेदवार बनाएका छन् ।

नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) को तर्फबाट मोरङ १ बाट कुशल लिम्बु, २ बाट चन्द्रबिर राई, ३ बाट देउमान सम्पाङहाङफे, ४ बाट अमनलाल मोदी, ५ बाट शिवकुमार मण्डल र ६ बाट उपेन्द्र राय अमातलाई उम्मेदवार बनाएका छन् । मोरङ क्षेत्र नं. ५ बाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

मोरङ क्षेत्र नं. ५ बाटै योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो संसदिय निर्वाचनमा योगेन्द्र मण्डल मोरङ ५ बाट विजयी प्राप्त गरेका थिए । २०६२/०६३ को मधेस विद्रोहपछि मोरङ क्षेत्र नं. ५ बाट जनता समाजवादी पार्टी नेपालले २ निर्वाचनमा सानदार जित निकालेका थिए ।

त्यसपछि लगातार ३ निर्वाचनमा सो क्षेत्रबाट पराजित हुँदै आइरहेका छन् । पहिलो संविधान सभाको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मोरङ ५ बाट सानदार जित निकालेका थिए ।

त्यसपछिको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले सो क्षेत्रबाट जित निकालेका थिए ।दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले उपेन्द्र यादवलाई पराजित गरेका थिए ।

त्यसपछि जनता समाजवादी पार्टी नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव लगातार २ पटक झिनो मतको अन्तरले मोरङ ५ बाट पराजित हुँदै आइरहेका छन् ।

यस पटक सानदार जित निकाल्ने उद्देश्यका साथ राजकुमार यादव फेरी पनि चुनावी मैदानमा उत्रिएका छन् । मोरङ ५ बाट कांग्रेसका फुलकुमार लालवानी, एमालेका मनोज अग्रवाल, नेकपाका शिवकुमार मण्डल, जसपा नेपालका राजकुमार यादव र स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल चुनावी मैदानमा उत्रिएकोले चुनावी परिणाम जे पनि हुन सक्ने अडकलबाजी सुरु भएको छ ।