- ब्रह्मदेव यादव, विराटनगर ३२२ पटक हेरिएको
मंगलबार, माघ २७, २०८२ समय : १६:०७:४३ , ६ दिन अगाडि
विराटनगरको प्राईम अस्पतालमा मंगलबारदेखि वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. संगिता मिश्राको सेवा सुरु भएको छ । डा. मिश्रा स्त्री तथा प्रसुती रोगको दक्ष विशेषज्ञ हुन् । नेपालको मात्र नभई भारतका गर्भवती महिला डा. मिश्राकै सेवा लिन रुचाउँछन् ।
विराटनगरमा गोल्डने अस्पताल सञ्चालन गरिरहेका स्वास्थ्य क्षेत्रका चर्चित अनुहार सनातन मण्डलले गोल्डेन अस्पतालबाट अलग भएर विराटनगरको अस्पताल चौकमा करोडौँको लगानीमा सुविधा सम्पन्न प्राइम अस्पताल सञ्चालनमा ल्याएका छन् ।

२०८२ मंसिर १४ गतेदेखि सञ्चालनमा आएको प्राईम अस्पतालमा मंगलबारदेखि डा. मिश्राको सेवा सुरु भएको हो । प्राईम अस्पतालमा सबै रोगको उपचार सेवा प्रवाह गर्नका लागि एक दर्जनभन्दा बढी दक्ष विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् ।
प्राईम अस्पतालका अध्यक्ष तथा फिजिसियन एवं किड्नी रोग विशेषज्ञ डा. रमेशकुमार चौरसिया, अस्पतालका प्रबन्ध निर्देशक सनातन मण्डल, अस्पतालका प्रमुख कार्यकारी अधिकृत एवं रेडियोलोजिष्ट डा. रंजिव यादव, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ अजय महतो र अस्पतालका अप्रेसनल डाइरेक्टर सन्तोषकुमार मेहताले डा. मिश्रालाई स्वागत गरेका छन् ।
डा. मिश्रा नेपाल सरकारको स्वामित्वमा रहेको विराटनगरको कोशी अस्पतालमा स्त्री तथा प्रसुती रोग विभाग प्रमुख हुँदै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रस्तुति गृह काठमाडौँमा निर्देशक, स्वास्थ्य सेवा विभागमा महानिर्देशक र नेपाल सरकारको अतिरिक्त सचिव पदको जिम्मेवारी पुरा गरिसकेको डाक्टर हुन् ।
२५ वर्ष अगाडी विराटनगरबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञको रूपमा सेवा सुरु गरेका डा. मिश्रा पछिल्लो समय काठमाडौँमा बसोबास गरिरहेका थिए । र उनले काठमाडौँ बसाई छोडेर मंगलबारदेखि विराटनगरको प्राईम अस्पतालमा सेवा सुचारु गरेका हुन् ।