पहुँचको भरमा कर्मचारी निर्वाचनमा खटिदा कोशी अस्पतालको स्वास्थ्य सेवा प्रभावित

  • चिरफार डटकम, विराटनगर १११  पटक हेरिएको

सोमबार, फाल्गुण १८, २०८२ समय : १३:०८:०५ , १६ घन्टा अगाडि

पहुँचको भरमा कर्मचारी निर्वाचनमा खटिदा सरकारी स्वामित्वको विराटनगर स्थित कोशी अस्पतालको स्वास्थ्य सेवा प्रभावित बन्न पुगेको छ ।

कोशी अस्पतालबाट स्वीकृति नलिईकन कर्मचारी पहुँचको भरमा निर्वाचनमा खटिएका छन् । कोशी अस्पतालको लेटर प्याड मार्फत सिफारिस नगरिएका कर्मचारीलाई निर्वाचन आयोगले निर्वाचनमा खटाइ दिएको निर्णयप्रति प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण चौधरीले असन्तुष्टि जनाएका छन् ।

सोमबार चिरफार डटकमसँग कुरा गर्दै कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चौधरीले अस्पतालबाट स्वीकृति नलिईकन कर्मचारी निर्वाचनमा खटिएकोले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा अवरुद्ध हुन पुगेको बताए ।