रजत जयन्ती समारोहमा ११ जना सम्मानित

  • ब्रह्ममदेव यादव, विराटनगर ४९०  पटक हेरिएको

बुधबार, चैत्र २५, २०८२ समय : २१:५२:२७ , ३ दिन अगाडि

मारवाडी सेवा सदन विराटनगरले रजत जयन्ती समारोहमा ११ जनालाई सम्मान गरेको छ ।

मारवाडी सेवा सदन २५ वर्षमा प्रवेश गरेको अवसर पारेर बुधवार विराटनगरमा आयोजना गरेको रजत जयन्ती समारोहमा ९ जना सदनका संस्थापक, १ जना निवर्तमान अध्यक्ष र १ जना पूर्व अध्यक्ष गरी ११ जनालाई सम्मान गरेको हो ।

सदनका संस्थापक देवेन्द्र अग्रवाल (राजगढिया), सुरेशकुमार शर्मा, स्व. जगदिश राठी, स्व. महेन्द्र गोल्छा, स्व. महाविर तोदी, नन्दकिशोर राठी (मारुती सिमेन्ट), राजकुमार चैनवाला, महेश सिंघानिया र खेमचन्द जैन लालवानीलाई सम्मान गरिएको छ ।

सदनका निवर्तमान अध्यक्ष देवकिनन्दन अग्रवाल र पूर्व अध्यक्ष ताराचन्द खेतानलाई समेत सम्मान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मारवाडी सेवा सदन विराटनगरका अध्यक्ष नन्दकिशोर राठीले ११ जनालाई सम्मान गर्दै सम्मान पत्र प्रदान गरेका छन् ।

मारवाडी सेवा सदन विराटनगरले निर्माण गरेको नयाँ हल रजत मण्डपको प्रदेश प्रमुख खापुङले उद्घाटन गरे । समारोहमा रजत जयन्ती स्मारिकाको समेत प्रदेश प्रमुख खापुङले उद्घाटन गरे ।