- चिरफार डटकम, विराटनगर १०३ पटक हेरिएको
बिहिबार, साउन २१, २०८३ समय : १३:०७:४० , २ घन्टा अगाडि
बिहीबार विराटनगरमा लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना र्याली निकालिएको छ । लायन्स क्लब अफ विराटनगरको आयोजना मा निकालिएको लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना र्यालीमा सरोकारवाला निकायका उच्चपदस्थ पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
लायन्सको ५५औं स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ विराटनगरले ७ दिने सेवा सप्ताह कार्यक्रम अन्तर्गत बिहीबार पहिलो दिन लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना र्याली निकालिएको थियो ।

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा बिहीबार निकालिएको लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना र्यालीमा कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, लायन्सकर्मी भीम घिमिरे, फुलकुमार लालवानी, लायन्स क्लब अफ विराटनगरका अध्यक्ष चाँदबाबु इराती सहभागी थिए ।
विराटनगर–२ स्थित लायन्स क्लब अफ विराटनगरको भवनबाट बिहीबार बिहान निकालिएको लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना र्याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि जैन भवनमा समापन भएको थियो ।