- चिरफार डटकम, विराटनगर ३५९ पटक हेरिएको
शनिबार, भाद्र २०, २०८३ समय : २३:००:३९ , ३ दिन अगाडि
विराटनगरको सुराना परिवारले शनिवार विराटनगरमा निकालिएको ९५औं संस्करणको श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्न आएका १५ हजारभन्दा बढी सर्वसाधारणहरूलाई मोही र सरवत वितरण गरेका छन् ।
श्रीराधाकृष्ण रथयात्रामा लाखौँ सर्वसाधारण सहभागी भएका थिए । जसमध्ये १५ हजारभन्दा बढी सर्वसाधारणहरूले सुराना परिवारद्वारा वितरण गरिएको मोही र सरवत खाएका थिए ।
समाजसेवी पवन सुराना, अशोक सुराना, अरुण सुरानाले विराटनगर–२ स्थित शंकरपुर मार्गमा आफ्नै घर अगाडी स्टल राखेर १५ हजार भन्दा बढी सर्वसाधारणहरूलाई मोही र सरवत वितरण गरेका थिए ।
अरुण सुरानाको नेतृत्वमा सम्पूर्ण सुराना परिवारका सदस्यहरू ५ घण्टा भन्दा बढी समय स्टल अगाडी उभिएर सर्वसाधारणहरूलाई मोही र सरवत वितरण गरेका थिए ।
विगत ३० वर्षदेखि निरन्तर सुराना परिवारले श्रीराधाकृष्ण रथयात्रामा मोही र सरवत वितरण गर्दै आइरहेका छन् ।