श्रीराधाकृष्ण रथयात्राको दानभेटी रकम बुधवार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा दाखिला गर्ने

  • चिरफार डटकम, विराटनगर २३२  पटक हेरिएको

सोमबार, भाद्र २२, २०८३ समय : १७:०५:३९ , १ दिन अगाडि

श्रीराधाकृष्ण रथयात्रामा संकलन भएको दानभेटी रकम बुधवार प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा दाखिला गर्ने भएको छ ।

भाद्र २० गते शनिवार विराटनगरमा निकालिएको ९५औँ संस्करणको श्रीराधाकृष्ण रथयात्रामा २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ दानभेटी रकम संकलन भएको थियो ।

श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले रथयात्रामा संकलन हुने दानभेटी रकम रसुवाको बाढीपीडित परिवार दिने घोषणा गरेको थियो ।

श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले बुधवार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत प्रधानमन्त्री देवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने जानकारी गराएको छ ।