- चिरफार डटकम, विराटनगर १२६ पटक हेरिएको
मंगलबार, आश्विन १३, २०८३ समय : ११:३१:१८ , ५ घन्टा अगाडि
नेपाली कांग्रेस, विराटनगर महानगर समितिको बुधवार हुन लागेको निर्वाचनमा सभापति पदका लागि कृष्ण कार्की बलियो उम्मेदवारको रूपमा अगाडी आएका छन् ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कार्की नेपाल विद्यार्थी संघको केन्द्रीय सह महामन्त्री पदको उचाईमा पुगेको राजनीतिकर्मी हुन् ।
विराटनगरलाई कर्म क्षेत्र बनाएर राजनीति गर्दै आइरहेका कार्की नेपाली कांग्रेसको कर्मठ, जुझारु, इमान्दार र स्वच्छ छवि भएका युवा नेता हुन् ।
जेन्जी युवामाझ कार्की लोकप्रिय रहेका छन् । बुधवार विराटनगरमा हुन गइरहेको नेपाली कांग्रेस विराटनगर महानगर समितिको निर्वाचनमा सभापति पदका लागि कृष्ण कार्की र केशव गिरीको उम्मेदवारी परेको छ ।
सभापति पदका लागि केशव गिरी भन्दा कृष्ण कार्की पार्टी भित्र लोकप्रिय र बलियो उम्मेदवार रहेकोले उनको जित सुनिश्चित रहेको कार्यकर्ताहरू बताउ छन् ।