- ब्रह्मदेव यादव, विराटनगर १६५ पटक हेरिएको
बिहिबार, आश्विन १५, २०८३ समय : १६:३७:५१ , २ घन्टा अगाडि
नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनको ५ दिन अगाडी सम्पन्न विराटनगर महानगर समितिको निर्वाचनमा सभापति पदका उम्मेदवार कृष्णबहादुर कार्कीको पुरै प्यानलले सानदार जित निकालेको छ ।
बिहीबार घोषित मत परिणाम अनुसार ६ सय ४७ मत प्राप्त गरेर कार्की सभापतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित सभापति कार्कीका प्रतिद्वन्द्वी केशव गिरीले १ सय २६ मत प्राप्त गरेर पराजित भएका छन् ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कार्की कांग्रेस भित्र युवा पुस्ताका लोकप्रिय नेताको रूपमा चिनिन्छ । महिला उपसभापतिमा श्रृति शर्माले ४ सय ९५ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
नवनिर्वाचित उपसभापति शर्माका प्रतिद्वन्द्वी कृष्णाकुमारी साहले २ सय २९ मत प्राप्त गरेर पराजित भएका छन् । १५ वर्ष भन्दा बढी समयदेखि कांग्रेसको क्रियाशील सदस्य शर्मा निजी क्षेत्रको सबैभन्दा ठुलो संस्था मोरङ उद्योग व्यापार संघको कार्यकारिणी समिति सदस्य रहेका छन् ।
यस अघि शर्मा संघमा महिला उद्यम समितिको संयोजक पदको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकेका छन् । यस अघि नेपाली कांग्रेस विराटनगर महानगर समितिको उपसभापतिमा शुभाशिस कोइराला निर्विरोध निर्वाचित भएका थिए ।
सचिवमा विरेन्द्र यादव र सहसचिवमा टिकाराम सापकोटा निर्वाचित भएका छन् । सावित्रा पोखरेल, उमा घिमिरे, सुरेन्द्र भट्टराई, ज्ञानेश्वर नेपाल र सुमन प्रसाईं विराटनगर महानगर समितिको सदस्यमा निर्वाचित भएका छन् ।