- चिरफार डटकम, विराटनगर १६९ पटक हेरिएको
बिहिबार, कार्तिक २०, २०८३ समय : १७:३५:०५ , ३ घन्टा अगाडि
उद्योग संगठन मोरङले नेपालीहरूको महान् चार्ड पर्व शुभ दीपावली, नेपाल सम्वत् ११४७ र महान् छठ पर्व २०८३ को अवसरमा बिहीबार शुभकामना आदान–प्रदान एवं जलपान कार्यक्रम आयोजना गर्यो ।

उद्योग संगठन मोरङले विराटनगर–२ शहित मार्ग, तीनपैनी स्थित संगठनको सचिवालयमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सबै क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले कार्यक्रममा अतिथि, पाहुनाहरूलाई स्वागत गर्दै देश संवृद्धि तर्फ अगाडी बढोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं उद्योग संगठन मोरङका पूर्वअध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष पवनकुमार सारडा, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरका प्रमुख सल्लाहकार महेश जाजु, मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनिल साह, विराट व्यापार संघ विराटनगरका अध्यक्ष प्रमोद जिन्दल, मोरङ च्याम्बर अफ कमर्शका अध्यक्ष शिव रिजाल सहभागी थिए ।
नेपाली कांग्रेसका नेता भीम पराजुली, अमृत अर्याल, कृष्ण कार्की, एमाले नेता पर्शुराम बस्नेत, सागर थापा, रास्वपाका दिवस नेपाल, विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराका कार्की, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरी बल नेपाल मोरङका एसपी गेहेन्द्र भण्डारी, राष्ट्रिय अनुसन्धान मोरङका एसपी राजन शर्मा सापकोटा कार्यक्रममा सहभागी थिए । निजी क्षेत्रको तर्फबाट उद्योगी तथा व्यापारी, प्रशासनिक र सुरक्षा निकायका उच्च पद श्रेणीका पदाधिकारी कार्यक्रममा सहभागी थिए ।