- ब्रह्मदेव यादव, विराटनगर २८९ पटक हेरिएको
शुक्रबार, मंसिर ०४, २०८३ समय : १५:२६:३७ , ८ घन्टा अगाडि
विराटनगर भन्सार कार्यालयका भन्सार एजेन्ट प्रतिनिधि कुन्दन मण्डल पक्राउ परेका छन् ।
विस्फोटक पदार्थमा प्रयोग हुने पोटासियम नाइट्रेट बिक्री गरेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले भन्सार प्रतिनिधि मण्डललाई विराटनगरबाट पक्राउ गरेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानको आग्रह बमोजिम ईलाका प्रहरी कार्यालय रानी विराटनगरले भन्सार प्रतिनिधि मण्डललाई उनकै घर विराटनगर–१५ बाट पक्राउ गरेर ईलाका प्रहरी कार्यालय धरानमा बुझाई दिएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रविण घिमिरेले जानकारी गराए ।

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भिषणबाबु राईले विस्फोटक पदार्थमा प्रयोग हुने पोटासियम नाइट्रेट बिक्री गरेको आरोपमा भन्सार प्रतिनिधि मण्डललाई पक्राउ गरिएको बताए ।
प्रहरी नायब उपरिक्षक राईले विस्फोटक पदार्थ निर्माणका लागि चाहिने आवश्यक सामग्री पोटासियम नाइट्रेट नेपालमा प्रतिबन्ध छ । तर भन्सार प्रतिनिधि मण्डलले निर्बाध रूपमा पोटासियम नाइट्रेट बिक्री गर्ने गरेको प्रमाण सहित पक्राउ गरेर थप अनुसन्धान जारी रहेको बताए ।
उनले पोटासियम नाइट्रेट बिक्री वितरणमा संलग्न गिरोह सम्म पुग्नको लागि भन्सार प्रतिनिधि मण्डललाई पक्राउ गरेर थप अनुसन्धान जारी रहेको बताए ।