- चिरफार डटकम, विराटनगर ७१४ पटक हेरिएको
मंगलबार, साउन १६, २०८० समय : १५:१४:५२ , ३ वर्ष अगाडि
मोरङ व्यापार संघ विराटनगरले डा. बाबुराम भट्टराईलाई तेस्रो पटक स्वागत गरेको छ । संघले सोमबार आयोजना गरेको कार्यक्रममा डा. भट्टराईलाई तेस्रो पटक स्वागत गरेको हो । डा. भट्टराई नेपाल सरकारको अर्थमन्त्री, प्रधानमन्त्री हुँदा संघले स्वागत गरेका थिए ।
यतिखेर डा. भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । र राजनैतिक दलको हैसियतमा देशको आर्थिक तथा चर्को बैंकिङ ब्याजदर लगायतका समस्या समाधान तर्फ पहल कदमी लिदिन डा. भट्टराईलाई स्वागत गरिएको हो । संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजाल, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, संघका उपाध्यक्ष अनिल साह र विकास बेगवानीले डा. भट्टराईलाई स्वागत र सम्मान गरेका थिए ।