चार महिनादेखि कोशी अस्पतालका कुरुवालाई निःशुल्क खाना वितरण

  • चिरफार डटकम, विराटनगर ७६७  पटक हेरिएको

बिहिबार, फाल्गुण ०३, २०८० समय : १६:३७:४१ , २ वर्ष अगाडि

नर सेवा नारायण सेवा नामक सामाजिक संस्थाले ४ महिनादेखि विराटनगर स्थित कोशी अस्पतालका कुरुवालाई निःशुल्क खाना वितरण गरी रहेका छन् । नर सेवा नारायण सेवा नामक सामाजिक संस्थाका संयोजक उद्योगी एवं समाजसेवी देवकीनन्दन अग्रवालको विशेष पहलमा प्रत्येक दिन २६० देखि २७० जना कुरुवालाई खाना वितरणको कार्य जारी छ । र १ वर्षसम्म अस्पतालका कुरुवालाई बिहानको खाना सहित चिया र बिस्कुट निःशुल्क रुपमा वितरण गर्ने कार्यक्रम रहेको संस्थाका संयोजक अग्रवालले बताए ।

विजया दशमी २०८० को अवसर पारेर असोज २८ गते आइतबार घटस्थापनाको दिनदेखि नर सेवा नारायण सेवाले कोशी अस्पतालमा बिरामीको रेखदेख गर्न आएका कुरुवालाई अक्षित गरेर निःशुल्क रुपमा खाना खुवाउने अभियान सञ्चालन गरेको छ । कुरुवालाई लक्षित गरेर सञ्चालन भई रहेको खाना विपन्न गरिब परिवारका बिरामीले पनि खाने गरेको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दभाल झाले बताए । फागुन ३ गते बिहीबार खाना वितरण अभियान सुरु भएको १२६ दिन पुगेको छ ।