दाहाल पुरस्कृत

  • चिरफार डटकम, विराटनगर ४०२  पटक हेरिएको

आइतबार, फाल्गुण ०६, २०८० समय : १३:०४:५९ , १ वर्ष अगाडि

पत्रकार मनोज दाहाल आइतबार विराटनगरमा पुरस्कृत भएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय समाचार समितिको कोशी प्रदेश कार्यालयले ६३औं वार्षिकोत्सवको अवसरमा पत्रकार दाहाललाई उत्कृष्ट समाचार दाताको रुपमा पुरस्कृत गरेको छ । पुरस्कारको राशी नगद २० हजार सहित प्रमाण–पत्र रहेका छन् । 

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सुनिता गुरुङ, राष्ट्रिय समाचार समिति कोशी प्रदेश कार्यालयका प्रमुख मो. सदरुल, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष यज्ञप्रसाद शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव विक्रम लुईंटेल, नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट, चौतारीका मोरङ जिल्ला अध्यक्ष सुदिप कोइराला र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष तारा आचार्यले पत्रकार दाहाललाई पुरस्कृत गर्दै प्रमाण–पत्र प्रदान गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित