रासस ६३औं वर्षमा 

  • चिरफार डटकम, विराटनगर ५०६  पटक हेरिएको

आइतबार, फाल्गुण ०६, २०८० समय : १३:०६:४१ , ३ वर्ष अगाडि

सरकारी स्वामित्वको राष्ट्रिय समाचार समिति (रासस) ६३औं वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय समाचार समितिको कोशी प्रदेश कार्यालयले आइतबार विराटनगरमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सुनिता गुरुङको प्रमुख आतिथ्यतामा ६३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय समाचार समिति कोशी प्रदेश कार्यालयका प्रमुख मो. सदरुलको सभापतित्वमा सम्पन्न ६३औं वार्षिकोत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष यज्ञप्रसाद शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव विक्रम लुईंटेल, नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट, चौतारीका मोरङ जिल्ला अध्यक्ष सुदिप कोइराला र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष तारा आचार्यले राष्ट्रिय समाचार समितिलाई बदलिदो परिस्थितिमा आफ्नो सेवालाई विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।