भव्य रुपमा सम्पन्न भयो, मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता

  • ब्रह्मदेव यादव, विराटनगर १३५८  पटक हेरिएको

आइतबार, फाल्गुण २०, २०८० समय : १५:०४:२२ , २ वर्ष अगाडि

नेपाल अग्रवाल युवा मञ्च विराटनगरले आयोजना गरेको १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एम.पि.एल.) भव्य रुपमा सम्मान भएका छन् । २०८० साल फागुन १६ गते नेपाल अधिराज्य भरी स्थानीय तहबाट निर्वाचित एक मात्र मारवाडी मेयर मोरङको रंगेली नगरपालिकाका मेयर उद्योगी दिलिप बगडिया (अग्रवाल) ले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रिय अध्यक्ष उद्योगी पवन मित्तलले फागुन १९ गते शनिबार विजेता, उपविजेता टोलीलाई पुरस्कार वितरण गर्दै प्रतियोगिताको समापन गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको क्रिकेट मैदानमा मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको खेल सञ्चालन भएको थियो । ४ दिनसम्म चलेको प्रतियोगितामा लिग चरणका १० र फाइनल गरेर ११ खेल खेलाइएको थियो ।

प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्चको (के.एस.बी. रोयल्स), माहेश्वरी युवा मञ्चको (प्रिमियर ११), ओस्वाल युवा मञ्चको (अरिहन्त–११), नेपाल मारवाडी बाह्मण युवा मञ्चको (पर्शुराम वारियर्स)मेढ स्वर्णकार युवा मञ्चको (सी.एस.बी. टाइटन) गरी ५ टिमको सहभागिता रहेको थियो । जस मध्ये नेपाली क्रिकेट टोलीका पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी एवं उद्योगी पारस लुनियाको क्रिकेट टिम ओस्वाल युवा मञ्चको (अरिहन्त–११) ले फाइन खेल जितेर विजेता बनेको छ ।

फाइन खेलमा ओस्वाल युवा मञ्चको (अरिहन्त–११) ले नेपाल अग्रवाल युवा मञ्चको (के.एस.बी.) लाई पराजित गरेका थिए । प्रतियोगितामा लिग चरणको खेल १०/१० ओभरको र फाइनल खेल १२/१२ ओभरको खेलाइएको थियो । १ सय ३५ रनको विजय लक्ष्य पाएको अरिहन्त–११ ले खेल सकिनु २ ओभर अगाडि नै सान्दार जित हासिल गरेका थिए । मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको १० संस्करण मध्ये ओस्वाल युवा मञ्चको अरिहन्त–११ ले ५औं पटक विजेता बनेका छन् ।

पवन पंकज पारखको कप्तानीमा अरिहन्त–११ ले दोस्रो पटक फाइनल खेल जितेर विजेता बनेको हो । पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी एवं उद्योगी पारस लुनियाका श्रीमती कुमुद लुनिया, पारसका दाजु ग्रिस लुनिया सहित परिवारका सदस्यहरू प्रतियोगिताको फाइन खेल हेर्न विराटनगरको शंकरपुर मार्गको क्रिकेट मैदान पुगेका थिए । सन् २००९ मा राजकुमार अग्रवालले (एम.पि.एल.) क्रिकेट प्रतियोगिताको शुभारम्भ गरेका थिए । कार्यक्रममा अग्रवाललाई नेपाल अग्रवाल युवा मञ्च विराटनगरले सम्मान गरेका छन् ।

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने उद्योगी, व्यवसायी, चिकित्सकलाई सम्मान गरेका थिए ।  प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवाल, प्रतियोगिता आयोजक समितिका चेयरमेन अभिषेक केडिया, प्रतियोगिता आयोजक समितिका मुख्य संयोजक चेतन अग्रवाल, प्रतियोगिता आयोजक समितिका संयोजक दोय अंकुर कनोडिया र निशान्त अग्रवालले भरपुर रुपमा मेहनत गरेका थिए । प्रतियोगितालाई सफल बनाउन आनन्द इट्टा उद्योगको तर्फबाट उद्योगी राजेश बगडिया, एसियन थाइफुट्सका तर्फबाट उद्योगी महेश जाजुले सहयोग गरेका थिए । 

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित