मेगा ब्लड डोनेशन ड्राइव ब्यानरको विमोचन

  • चिरफार डटकम, विराटनगर ५६२  पटक हेरिएको

शनिबार, आषाढ २१, २०८२ समय : १२:२३:४२ , १ वर्ष अगाडि

तेरापंथ युवक परिषद् विराटनगरले आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइव ब्यानरको विमोचन गरिएको छ । २०८२ असोज १ गते विश्वको ५० भन्दा बढी देशमा एकै पटक मेगा ब्लड डोनेशन ड्राइव कार्यक्रमको शुभारम्भ हुनेछ । र एकै दिनमा समापन हुनेछ ।

तेरापंथ युवक परिषद् विराटनगरले असोज १ गते विराटनगरको ५ स्थानमा एकै दिन आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइव ब्यानरको शनिबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विमोचन गरेका छन् ।

तेरापंथम युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त वैद्य, परिषद्का उपाध्यक्ष एवं मेगा ब्लड डोनेशन ड्राइव कार्यक्रम संयोजक अमित धाडेवा, परिषद्का महासचिव समित सुराना, परिषद्का पूर्व अध्यक्ष  एवं सल्लाहकार पंकज लुनिया, सल्लाहकार डा. दिपेन्द्र नौलखा, जैन श्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड, महासचिव सुरेन्द्र नौलखा, तेरापंथ महिला मण्डल विराटनगरका अध्यक्ष मिलन नौलखा, तेरापंथ प्रोफेसनल फोरम  विराटनगरका अध्यक्ष अमित सुराना ब्यानर विमोचन समारोहमा सहभागी थिए ।

परिषद्ले असोज १ गते विराटनगरको जैन श्वेताम्बर तेरापंथ भवनलाई केन्द्र बिन्दु बनाएर अन्य पाँच स्थानमा आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइव कार्यक्रम मार्फत ५ सय प्रिट ब्लड संकलन गर्ने तयारी सुरु भइसकेको कार्यक्रम संयोजक अमित धाडेवालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित