सरकार र सुन–चाँदी व्यवसायी बिच टकराब, अनिश्चित कालकालागि सुन–चाँदी पसल बन्द

  • ब्रह्मदेव यादव, विराटनगर ४४२  पटक हेरिएको

सोमबार, साउन ०५, २०८२ समय : १३:४०:५५ , १ महिना अगाडि

नेपाल सरकार र नेपाल सुन–चाँदी व्यवसायी बिच टकराबको अवस्था छ । जसका कारण आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि देश भरीका सुन–चाँदी पसल अनिश्चित कालकालागि बन्द भएका छन् ।

सोमबारदेखि विराटनगरका सुन–चाँदी पसल अनिश्चित कालकालागि बन्द भएका छन् । नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङ अन्तर्गत १ सय २५ भन्दा बढी सुन–चाँदी पसल सदस्य रहेका छन् । र शुक्रबारदेखि सबै पसल बन्द भएका छन् ।

संघका अध्यक्ष शशिभुषण साहका अनुसार सरकारले जिल्ला स्थित आन्तरिक राजश्व कार्यालय मार्फत अव्यवहारिक कर नीति लागु गर्न खोजेकोले त्यसको विरोधमा सुन–चाँदी व्यवसायीले पसल बन्द गरेको बताए ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले देश भरीका सुन–चाँदी व्यवसायीलाई आर्थिक वर्ष २०८२/०८३ अगाडि गर्ने गरिएको कारोबार अनुसार नै बिल काटेर सामान खरिद बिक्री गर्न पत्राचार गरेका छन् भन्ने सरकारले जिल्ला स्थित आन्तरिक राजश्व कार्यालय मार्फत आर्थिक वर्ष २०८२/०८३ मा लागु भइसकेको कर नीति अनुसार बिल काटेर कारोबार गर्न पत्राचार गरेपछि अन्योलग्रस्त अवस्थामा रहेको सुन–चाँदी व्यवसायीले अनिश्चित कालका लागि पसल बन्द गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत सुनको हरेक गहनाको खरिद बिक्रीमा २ प्रतिशत बिलासी कर र हिरा जवाहरात तथा महँगा पत्थर जडान गरिएको सुनको गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेका छन् ।

सरकारले सुन आयातमा १० प्रतिशत भन्सार महशुल कर असुली गरिरहेका छन् । थप गरिएको कर अव्यवहारिक रहेको भन्दै देश भरीका सुन–चाँदी व्यवसायी आन्दोलित छन् । नेपाल सरकार र सुन–चाँदी व्यवसायी बिच पटक पटक वार्ता भए पनि सहमति नजिक पुग्न सकिएको छैन । पछिल्लो समय सरकारका प्रतिनिधि र सुन–चाँदी व्यवसायीका प्रतिनिधिलाई समेटिएर संयुक्त कार्यदल गठन गरिएको छ ।

संयुक्त कार्यदलले तयार गर्ने मस्यौदा मन्त्री परिषद्को बैठकबाट अनुमोदन गराएर सुन–चाँदी व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएको छ । तर सहमति विपरिद सरकारले आन्तरिक राजश्व कार्यालय मार्फत अव्यवहारिक कर नीति लागु गर्न खोजेपछि सुन–चाँदी व्यवसायी आन्दोलित हुँदै अनिश्चित कालका लागि पसल बन्द गरेका छन् ।